logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इलाममा खुकुरी प्रहार गरी एक जनाको हत्या, तीन जना पक्राउ


अंकुरण खबर
1.651K
Shares

चुलाचुली गाउँपालिका–५ पुकुवामा ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई लगायत छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

झ्याम्ले समेतका ५÷७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएका थिए ।

गुरुङ घाइते भएको खबर प्राप्त हुनासाथ पेल्टिमारीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले उपचारको लागि लाइफलाइन अस्पताल दमक हुँदै बी एण्ड सी अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न रही हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।