logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते


अंकुरण खबर
962
Shares

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ गोगनपानीमा हिजो बेलुका जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार सोही गाउँपालिका–६ का १८ वर्षीय दिनेश धामी रहेका छन् ।

घाइते भएका जिप धनी र चालकलाई उपचारका लागि लाटीनाथ स्वास्थ्य चौकी लगिएको छ ।

सेल्बिघाटबाट मकरीगार्डतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको यात्रुबाहक जिप हिजो बेलुकी सवा ८ बजे ब्रेक फेल भएर सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

जिपमा सवार अन्य २ जना यात्रु भने शकुसल रहेको इलाका प्रहरी कार्यालय लाटीनाथ दार्चुलाले जनाएको छ ।