logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्ता गठबन्धनको बैठक जारी


अंकुरण खबर
676
Shares

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले बालुवाटारमा बसिरहेको छ।

आगामी निर्वाचनमा प्रत्यक्ष तर्फको सिट बाँडफाँडका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो।

 

दिनहुँजसो बैठक बसेर छलफल गरे पनि नेताहरु सहमतिमा पुग्न सकेका छैनन्।

प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा दलहरूको बढी दाबी परेपछि सहमति जुट्न नसकेको नेताहरुले नै बताउने गरेका छन्।

गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बढी सिट लिने अडान नछोडेपछि सत्ता साझेदार अन्य तीन दलका शीर्ष नेताले छुट्टै छलफल गरेका छन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सिट बाँडफाँटका विषयमा छलफल भएको बताइएको छ।