logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्यान्सरपीडितको सहयोगार्थ राजेशपायल र एकदेवले प्रस्तुति दिँदै


अंकुरण खबर
1.833K
Shares

सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी–८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ आगामी असोज १० गते घटस्थापनाको दिन झापाको दमकमा ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ नामक कन्सर्ट हुने भएको छ । कदम थिएटर र शैली इन्टरटेनमेन्टको आयोजनामा हुने कन्सर्टमा गायक राजेशपायल राई र एकदेव लिम्बुको प्रस्तुति हुनेछ ।

कन्सर्टमा सुनिता संयक लिम्बू, ममता गुरुङ र निमा तामाङलगायतका कलाकारहरुको समेत प्रस्तुति रहनेछ । दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा आयोजना हुने कन्सर्ट बेलुकी ५ बजेदेखि सुरु हुनेछ ।

कन्सर्टमा डिभाइन वाइन, वाईवाई क्विक पिरो चाउचाउ, रुस्लान भोड्का, रेडब्लु इनर्जी ड्रिंक,  इन्स्पायर इङ्लिस स्कूल, होटल स्वर्गलोक, होटल कामाक्षको सहयोग रहेको छ । कन्सर्टको टिकट मूल्य तीन सय रुपैंयाँ रहेको छ । कन्सर्टबाट उठेको सम्पूर्ण आम्दानी न्युनतम खर्च कटाएर क्यान्सरपीडित विशाल राईको उपचारमा खर्च गरिने आयोजकले जनाएका छन् ।

क्यान्सरपीडित विशाल राई बचाउ अभियान मूल समितिका  संयोजक बलु राईका अनुसार  विशाल राईको  हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा अहिलेसम्म करिब १५ लाख रुपैंयाँ खर्च भैसकेको छ भने रगत ट्रन्सल्पान्टको लागि थप ३५ लाख लाग्ने अस्पतालबाट जानकारी आएको छ ।