नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र डा. बाबुराम भट्टराईले संविधान घोषणापछि गरेका प्रयोगहरु व्यवहारतः सफल नभएको स्वीकारोक्ति गरेका छन्।
शनिबार नेपाल समाजवादी पार्टी (नेसपा) ले आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले ती प्रयोगहरु व्यवहारतः अघि लैजान सफल नभएको बताएका हुन्। प्रचण्डले भने ‘हामीले थोरै संविधान घोषणापछिको प्रयोगहरु जो हामीले गर्यौं, बाबुरामजीले उहाँको नेतृत्वमा अलिकति साहसिक र दुस्सासिक भन्न सकिन्छ एउटा प्रयोग उहाँले गर्नुभयो । ‘मैले पनि एमालेसँग एकता गर्ने त्यसलाई साहसिक पनि भन्न सकिन्छ त्यसलाई दुस्साहसिक पनि भन्न सकिन्छ। मैले पनि त्यो प्रयोग गरेँ। तर यी दुवै प्रयोगको पछि हाम्रो उदेश्य जति राम्रो भएपनि व्यवहारतः सफल चाहीँ भएन्।’
उनले अहिले आफूहरु नेपाली राजनीतिको विशिष्ट मोड र प्रक्रियाबाट अघि बढेको बताए। ‘बरु, घटनाक्रमले के सावित गर्यो भने हामी अलग अलग प्रयोग गर्न हिन्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका र त्यसले स्थापित गरेका परिवर्तनहरु धरापमा पर्ने खतरा पर्यो।
बुर्जुवा र पेटि बुर्जुवाहरुले माओवादी आनदोलनका कायर्कर्ताहरुलाई अपमान गर्नखोज्ने प्रवृत्ति यसमा देखा परे।’ प्रचण्डको भनाई छ।