logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो सुनचाँदीको भाउ


अंकुरण खबर
936
Shares

नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार आठ सय रुपैयाँमा पुगेको भाउ आज एक हजार रुपैयाँले नै घटेको हो । तेजाबी सुन भने प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।