logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेतृत्वको मनोमानी हटाउन भन्दै कांग्रेस संस्थापनइतरले थाल्यो आन्दोलन, सानेपामा धर्ना दिने


अंकुरण खबर
1.326K
Shares

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आन्दोलन घोषणा गरेको छ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नेतृत्वले मनोमानी गरेको भन्दै इतर समूहले आन्दोलनको घोषणा गरेको हो।

काठमाडौंको ठमेलस्थित होटल यात्रीमा सोमबार सम्पन्न भेलाले समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलन घोषणा गरेको नेता जगदिश्वरनरसिंह केसीले जानकारी दिए।

उनका अनुसार समानुपातिकको बन्दसूची सच्याएर आफ्नो समूहका नेताहरुको नाम समावेशका लागि दबाबद दिन असोज १२ गते पार्टी कार्यालय सानेपामा धर्ना कार्यक्रम तय गरिएको छ। मध्यान्ह १२ बजे सुरु हुने धर्ना कार्यक्रम दुई घण्टासम्म जारी रहने नेता केसीले बताए।

भेलाले असोज १३ गते इतर समूहका पहिलो तहका नेताहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ।

बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा कार्यक्रम गरेर नेता डा.शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीलगायतका नेताहरुसँग छलफल गरिने बताइएको छ। संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै इतर समूहका दोस्रो तहका नेताहरु दबाबमुलक कार्यक्रम गर्दै आएका छन्।

उनीहरुले १४ गतेसम्म पनि माग सुनुवाइ नभए कठोर निर्णय लिनेसमेत चेतावनी दिएका छन्। यद्यपि, उक्त कठोर निर्णयबारे केही खुलाइएको छैन।