logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रवीन्द्र मिश्र आज दलबल सहित राप्रपामा प्रवेश गर्दै


अंकुरण खबर
1.703K
Shares

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समूहसहित प्रवेश गर्दै छन्।

गत स्थानीय चुनावमा पार्टीको लज्जास्पद हार भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले केही दिनअघि मात्र साधारण सदस्य पनि नरहने गरी विवेकशील साझा पार्टी त्यागेका हुन्।

आज आफ्ना केही साथीसहित राप्रपामा बस्ने नेता मिश्रले बताएका छन्। उनले आफू एक्लै राप्रपा प्रवेश गर्न लागेको नभई समूह नै समाहित हुन लागेको जानकारी दिएका छन्।

‘यसबीच संवाद हुन नसकेका कैयौँ साथीलाई म मात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको देखियो’, मिश्रले भनेका छन्, ‘त्यसो होइन। यो वैचारिक ध्रुवीकरणमा इच्छुक सबै साथीहरू सहभागी हुन सक्छन्। केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया थालिनेछ भने अन्य तहगत मिलानका लागि एउटा समिति बन्नेछ।’

मिश्र आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रमका बीच राप्रपा प्रवेश गर्दै छन्।