logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो


अंकुरण खबर
962
Shares

नेकपा (एमाले) को सचिवालय बैठक आज बिहीबार बस्दैछ ।

४ मंसिरका लागि तय भएको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिदै जाँदा एमाले उम्मेदवार टुंग्याउने चटारोमा छ ।

बैठक अपराह्न ३ बजे अध्यक्ष केपी ओलीनिवास बालकोटमा बस्ने छ । बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले बुधबार सचिवालय बैठक बोलाए पनि गृहकार्य नपुगेको भन्दै एक दिन पर धकेलेको थियो ।