logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुट्यो गठबन्धनमा सहमति, एकीकृत समाजवादीले १७ सिट पाउने


अंकुरण खबर
624
Shares

सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन्।

बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो। सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ। काङ्ग्रेसले ८५ सिट लिएको छ। राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ।

नेपालखबरले प्राप्त गरेको सूची अनुसार अब प्रदेश १ को खोटाङ, बागमती प्रदेशका धादिङ-१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निर्णय हुन बाँकी छ।

‍यी हुन कांग्रेसले लिने सिट
सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले ८५ वा ७८ सिटमा सहमति जनाउने भएको छ।

जस अनुसार प्रदेश १ मा पाँचथर, इलाम–२, झापा–१, झापा–३, झापा–४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १,२,३ र ६, सुनसरी–२, ३ र ४, ओखलढुंगा,, उदयपुर–१ लिनेगरी सहमति भएको छ।

त्यस्तै, मधेश प्रदेशमा कांग्रेसले सप्तरी–३, सप्तरी–४, सिराहा–१ र २, धनुषा २, ३ र ४, महोत्तरी–२ र ३, सर्लाही–४, बारा–१, पर्सा–३ र ४ लिने भएको छ।

त्यस्तै, बागमती प्रदेशमा दोलखा वा रामेछाप–१, सिन्धुली–१, रसुवा, धादिङ–२, काठमाडौं–१,३,४,५,६,१०, भक्तपुर१ र २, ललितपुर–१, काभ्रे–१, सिन्धुपाल्चोक–२, मकवानपुर–१, चितवन–१ र २ लिने भएको छ। त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–१, मनाङ, कास्की, तनहुँ–१ र २, स्याङ्जा–१ र २, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिने सहमति गरेको छ। लुम्बिनी प्रदेशमा गुल्मी–१, पाल्पा–१, अर्घाखाची, रुपन्देही ३, ४ र ५, कपिलवस्तु २ र ३, बाँके ३, बर्दिया–१, नवलपरासी पश्चिम २ लिने भएको छ। त्यस्तै, कर्णाली प्रदेशमा मुगु, दैलेख–१ र २, सुर्खेत १ र २ कांग्रेसले लिने भएको छ। सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम, कैलाली १, ४ र ५, दार्चुला, डडेल्धुरा, कंचनपुर–२ र ३ लिने भएको छ।

‍यी हुन माओवादी केन्द्रले लिने सिट

सहमति अनुसार माओवादी केन्द्रले माओवादी केन्द्रले उपत्यकामा काठमाडौ २ र ९ लिने सहमति भएको छ। यस्तै ललितपुर ३ पनि लिनेछ। प्रदेश १ मा माओवादीले ८ सिट पाएको छ। झापा १ छोडेर माओवादीले २ र ५ लिएको छ।

त्यस्तै, प्रदेश १ मा ताप्लेजुङ, झाप–२, झापा–५, भोजपुर, मोरङ–४, मोरङ–५, सोलुखुम्बु, खोटाङ, उदयपुर–२ लिने भएको छ। यसमध्ये खोटाङमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको स्रोतले दाबी गरेको छ।

प्रदेश २ मा सिराह–३, धनुषा–१, महोत्तरी–१, सर्लाही–२, सर्लाही–३ लिने भएको छ। सर्लाही–२ मा जसपाले पनि दाबी गरेको छ। बागमती प्रदेशमा दोलखा वा रामेछाप–१ मध्ये एक लिने बताइएको छ। त्यस्तै, सिन्धुली–२, नुवाकोट–१, धादिङ–१, काठमाडौं–२, काठमाडौं–९, काभ्रे–१, सिन्धुपाल्चोक–१ र चितवन–३ माओवादीले लिने भएको छ।

त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ–२ लिने सहमति भएको छ। लुम्बिनी प्रदेशमा रुपन्देही–१, कपीलवस्तु–१, रुकुम पूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम–१ माओवादीले लिने भएको छ। जसमा रुपन्देही १ र नवलरासी पश्चिम–१ मा नेपाली कांग्रसले पनि दाबी राखेको छ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ। सल्यानमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ। त्यस्तै, सुदूरपश्चिममा अछाम–१, कैलाली–२, कैलाली–३, बैतडी, कंचनपुर–१ लिने भएको छ।

एकीकृत समाजवादीले १७ पाउने सिट
एकीकृत समाजवादीले १७ सिटमा दाबी गरेको छ। जसमध्ये इलाम–१, रौतहट–१, बारा–४, धादिङ–१, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी–४, पाल्पा–२, रुपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीमा समाजवादीले लिने भएको छ। डोल्पा र अछाम–१ मा भने माओवादीको पनि दाबी रहेको छ।

जसपाले पाउने सिट
जसपाले १६ सिट लिनेगरी सहमति भएको स्रोतले जानकारी दिएको छ। जस अनुसार सुनसरी–१, सप्तरी–१, सिराह–४, धनुषा–३, महोत्तरी–३, महोत्तरी–४, सर्लाही–१, रौतहट–३, बारा–३, पर्सा–१ र २, काठमाडौं–७, बाँक्–२, रुपन्देही–१ र सप्तरी–२ दिनेगरी सहमति भएको छ। जसमध्ये धनुषा–३ र महोत्तरी ३ मा नेपाली कांग्रेसको पनि दाबी छ। त्यस्तै रुपन्देही ३ मा माओवादी केन्द्रको दाबी छ।

राष्ट्रय जनमोर्चाले भने बागलुङ–१ र प्युठान लिने भएको छ।