logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैंको मुखमा बढी भाडा लिने १६ जना पक्राउ


अंकुरण खबर
1.131K
Shares

चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई काठमाडौंको कोटेश्वर र नयाँ बसपार्कबाट बिहीबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

आवश्यक कारबाहीको लागि पक्राउ परेका ८ जनालाई प्रहरी प्रभाग कोटेश्वर र ८ जनालाई प्रहरी प्रभाग गंगबुमा राखिएको छ।

आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो।

चाडपर्वको समयमा यात्रुहरुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्।