logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गठबन्धनका कारण मुलुक खतरामा पुग्यो, एमालेको जिते देशले बिकासको मुहार फेर्छ


अंकुरण खबर
715
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको बताएका छन् ।

बिहीबार भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनका कारण मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने लहर चलेको बताएका हुन् । उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी निर्वाचन निकै महत्वपूर्ण हुने धारणा राखे ।

अध्यक्ष ओलीले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न एमाले बाहेक कसैले पनि नसक्ने भएकाले अब एमालेको सरकार बन्नुपर्ने उल्लेख गरे । उनले देशमा लोकतान्त्रीक प्रणालीलाई सुदृढ गर्ने, भष्ट्राचार नियन्त्रण गरेर शुसासन कायम गर्ने र राष्ट्रियतालाई सुदृढ गर्ने लगायतका प्रयासमा एमाले लागिरहेको बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी, लोसपा लगायतका दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए ।

चुनावी माहोल बढेसंगै दलका नेताहरुले पार्टी प्रवेश कार्यक्रमलाई प्रथामिकता दिदै आएका छन् ।