logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डेंगुबाट थप दुई जनाको मृत्यु


अंकुरण खबर
1.56K
Shares

नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु संक्रमणबाट ज्यान गएको हो । योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

यस्तै, सोही अवधिमा थप ५४० जनामा संक्रमण पुष्टि भएको छ । सँगै देशभरका २८ हजार १ सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।