logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उम्मेदवार छान्न बालकोटमा एमाले सचिवालय बैठक जारी


अंकुरण खबर
897
Shares

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो गर्न नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा मापदण्डका साथै उम्मेदवार छनौट तथा कतिपय निर्वाचन क्षेत्रमा अन्य दलसँग हुने सम्भावित तालमेलको बारेमा समेत छलफल हुने बताइएको छ ।

त्यस्तै  यो बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवबारे छलफल हुनेछ । यो सचिवालय बैठकले आगामी असोज २३ गते प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि टिकट दिने सम्भावित नेताहरुबारे निर्णय लिन सक्नेछ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहितसँग चुनावी तालमेलबारे पनि कुरा हुने बताइएको छ। लोसपाले एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न राजेन्द्र महतो नेतृत्वमा कार्यदल बनाइसकेको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पनि एमालेसँग संवादमा छ।

उता कमल थापा नेतृत्वको राप्रपा नेपाल पनि केही स्थानमा एमालेको सहयोग लिने तयारीमा छ। सत्ता गठबन्धनले भागवण्डा मिलाउँदै गर्दा एमालेले पनि आफ्ना उम्मेदवारबारे निर्णय लिनेछ।

एमालेमा समानुपातिक सूचीलाई पनि असन्तुष्टिका स्वरहरु सुनिएका छन्। त्यगरै विगतको विवादमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभिएका १० भाइ नेताहरुको टिकटबारे पनि छलफल जारी छ।

निर्वाचन आयोगले पनि कांग्रेस र एमालेसहित सबै दलको समानुपातिक सूची नमिलेको भन्दै सच्याएर ल्याउन निर्देशन दिएको छ। उक्त सूची पनि आगामी असोज १६ गतेसम्म सच्याएर अन्तिम रुप दिनुपर्ने छ।