logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

असन्तुष्टलाई समेट्न समानुपातिक सूची सच्याउँदै कांग्रेस


अंकुरण खबर
1.495K
Shares

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको बन्दसूची सच्याइरहेको छ।

बन्दसूची सच्याउन प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा समानुपातिकको बन्दसूची सच्याइरहेको एक पदाधिकारीनिकट स्रोतले जानकारी दिएको छ।

सभापति देउवाले बिहीबार पनि बन्दसूची संशोधनका लागि पदाधिकारी बैठक बोलाएका थिए । उक्त बैठकमा शुक्रबारसम्म बन्दसूची संशोधन गरेर आयोगमा बुझाउने सहमति भएको बताइएको छ।

यसअघि असोज ३ गते बुझाइएको बन्दसूची एकलौटी भएको भन्दै संस्थापनइतर समूहले आपत्ति जनाएको थियो।

उक्त समूहले ‘समान अवसर र न्यायका निम्ति’ भन्दै खबरदारी सभा, सानेपामा धर्ना र चियापान कार्यक्रम गरेको थियो।