logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

दसैँमा पनि यी १३ पेट्रोल डिपोहरू खुला रहने


अंकुरण खबर
1.209K
Shares

दसैँको समयमा देशभरमा १३ वटा पेट्रोल डिपोहरू खुला रहने भएका छन् । नेपाल आय निगमले १३ वटा डिपोबाहेक सबै बन्द रहने जनाकारी गराएको छ ।

दसैंमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि केही पम्पहरू खुला राख्ने निर्णय लिइएको आयल निगमले जनाएको छ ।

निगमले प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन् ।

यसैगरी लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुनेछन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरू बिदाको दिनमा खुला रहनेछन् । नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दीपायलमा रहेका निगमका डिपोहरू पनि २१ गतेसम्म खुला हुने उल्लेख गरिएको छ।

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरू २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरू विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ ।