logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सल्यानमा जिप दुर्घटना २ जनाको मृत्यु, १७ यात्रु घाइते


अंकुरण खबर
546
Shares

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन्।

मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोटका अन्दाजी ३९ वर्षीया मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको सल्यान प्रहरी जनाएको छ । रा १ ज ७९८ नम्बरको उक्त जिप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दीरतर्फ जाँदै गरेका बेला दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार जिप उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना भई सडकभन्दा करिब १०० मिटर तल खसेको छ।

उनले भने,‘जिपमा चालकसहित सवार १९ जना थिए। दुई जनाको मृत्यु भएको र घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लाने तयारी भइरहेको छ।’