दशैंको मासु खाँदा घाँटीमा हड्डी अड्किएर २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।
सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
त्यस्तै मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा पनि एक जनाको मृत्यु भएको छ ।
मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।