logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

गठबन्धनलाई सहमति जुटाउन सकस, आज पनि बैठक बस्दै


अंकुरण खबर
1.313K
Shares

सिट बाँडफाँडको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ ।

पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सिट बाँडफाँडका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिमरूप लिने नेताहरूले बताएका छन् ।

प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच घनिभूत छलफल भइरहेको छ । केही क्षेत्रमा दोहोरो दाबी भएकाले गठबन्धनलाई सहमति जुटाउन जटिल भइरहेको छ । राष्ट्रिय पार्टी बन्नका लागि सबै क्षेत्रमा आफ्नो उपस्थिति हुनुपर्ने जसपाको माग छ ।

जसपाले गठबन्धन भन्दा बाहिर पनि तालमेलको विकल्प खोज्ने निर्णय गरेको छ । उसको माग गठबन्धनभित्र अझै पनि सम्बोधन नभएको पौडेलले बताए ।