logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालबालिकालाई आशीर्वाद दिएर शुरु भयो, ओलीको टिका


अंकुरण खबर
1.586K
Shares

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टिका आदानप्रदान सुरु गरेका छन्।

ओलीले विजया दशमीको अवसरमा आफ्नो निवासमा पुगेका कार्यकर्ता तथा शुभेच्छुक सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

अध्यक्ष ओली दम्पत्ती दशैं मनाउन तीन दिनदेखि दमकस्थित आफ्नै निवासमा छन् । ओलीले आफ्नो निर्वाचन क्षेत्रसहित अन्यत्रबाट आउनेहरुलाई एक घण्टा टीका लगाइदिने कार्यक्रम छ ।

अध्यक्ष ओलीले ९१ वर्षीय पिता मोहनप्रसाद ओलीबाट टीका लगाउनेछन् ।

ओलीलाई भने पिता मोहनप्रसाद ओलीले टीका लगाइदिनेछन् ।