logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर ३११०३ जनामा डेंगु सङ्क्रमण, ४१ जनाको मृत्यु, थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि


अंकुरण खबर
1.638K
Shares

देशभर डेंगु रोगबाट सङ्क्रमितको सङ्ख्या ३१ हजार १ सय ३ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७६ जिल्लामा फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डेंगु रोगका कारण ४१ जनाले ज्यान गुमाइसकेका छन् । मन्त्रालयले डेंगुको सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

देशभर डेंगु रोगबाट सङ्क्रमितको सङ्ख्या ३१ हजार १ सय ३ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७६ जिल्लामा फैलिसकेको छ ।

थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

त्यस्तै देशभर थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ सय ८७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा ७६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७३२ पुगेको छ । यस्तै थप ९ हजार ५११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाएका छन् ।