logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मिल्यो सत्ता गठबन्धनमा सिट, जसपा बाहिरियो, लोसपा भित्रियो


अंकुरण खबर
1.014K
Shares

सत्ता गठबन्धनका दलहरुको शुक्रबार रातिसम्म बसेको बैठकले आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाएको छ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट भएको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा रहेको गठबन्धनबाट जसपा बाहिरिएको छ भने लोसपा गठबन्धनमा भित्रिएको छ। लोसपालाई ८ सिट दिने सहमति गठबन्धनमा भएको छ।

शुक्रबार राति सार्वजनिक भएको सूचीअनुसार प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये कांग्रेसले ८४ सिट पाउनेछ। माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले १९ र राजमोले २ सिट पाउनेछन्। कुन पार्टीले कुन क्षेत्र पाउने भन्ने पनि टुंगो लागेको छ।

त्यसैगरी २३० प्रदेशसभातर्फ कांग्रेसको भागमा १५६ सिट निश्चित गरिएको छ। माओवादी केन्द्रको ९९ र नेकपा एकीकृत समाजवादीको ३६ सिट निश्चित गरिएको छ।

प्रदेशसभातर्फ २७ सिटको बाँडफाँट बाँकी छ भने १२ सिटमा दोहोरो दाबी परेको छ।