logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रहेनन् बालकृष्ण ढुंगेल


अंकुरण खबर
2.171K
Shares

नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं संविधानसभा सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ।

ढुंगेलको शनिबार काठमाडौं स्थित आफ्नै निवासमा निधन भएको हो ।

विगत लामो समयदेखि मिर्गौलासम्बन्धी समस्या भएका ढुंगेलको शौचालयमा लडेर मृत्यु भएको आफ्न्तले जानकारी दिएका छन् ।

माओवादीबाट जनयुद्धमा सुरुदेखिनै लागेका ढुंगेल पछिल्लो समय नेकपा एमालेमा आबद्ध भएका थिए । उनी पहिलो संविधान सभामा ओखलढुंगा–२ बाट निर्वाचित भएका थिए ।

ढुंगेललाई ओखलढुंगाकै उज्वन श्रेष्ठको हत्या आरोपमा अदालतले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो । ढुंगेल श्रेष्ठको हत्या आरोपमा जेल बसेर राष्ट्रपतिले आममाफि दिएपछि छुटेका थिए ।

ढुंगेल जिल्लामा विकासप्रेमी नेताका रुपमा चिनिन्छन् ।