logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध


अंकुरण खबर
416
Shares

म्याग्दीको रघुगंगा गाँउपालिका–२ बैसरी कुलौटामा लेदो माटो खस्दा बेनी–जोमसोम सडकखण्ड आज बिहानबाट अवरुद्ध भएको छ ।

आज बिहान ३ बजे अचानक माटो खस्दा सडक अवरुद्ध भएको हो ।

अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।