logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी स्थानमा भारी वर्षा, सतर्कता अप्नाउन महाशाखाको अनुरोध


अंकुरण खबर
1.04K
Shares

पछिल्लो तीन घण्टादेखि पूर्वी नेपालका विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले सतर्क रहन अनुरोध गरिएको छ।

जल तथा मौसम वि‍ज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै उक्त क्षेत्रमा सतर्क रहन अनुरोध गरेको हो।

महाशाखाका अनुसार पछिल्लो तीन घण्टादेखि सुनसरी, सप्तरी, उदयपुर, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, धनुषा, ओखलढुङ्गा, सिन्धुली र आपासका स्थानमा भारी वर्षा भएको छ । उक्त क्षेत्रमा साना नदीमा पानीको बहाव बढ्ने र केही नदीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी पनि दिइएको छ।

बिहान ९ बजेसम्मका लागि नदी तथा खोला आसपास क्षेत्रमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।