logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गयो


अंकुरण खबर
923
Shares

पाल्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको ज्यान गएको छ । रामपुर नगरपालिका–५, बेझाडकी ७० वर्षीया कोपरी दमिनीको मोटरसाइकलको ठक्करबाट निधन भएको हो ।

गएराति रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु.६८प ९९९४ नम्बरको मोटरसाइकलले हिँडिरहेकी कोपरीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका निम्ति तानसेन लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले बताइएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।