logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आठ वटै संवैधानिक आयोगले चुनावको अनुगमन गर्ने


अंकुरण खबर
624
Shares

संयुक्त रुपमा बसेको बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आठ वटै संवैधानिक आयोगले अनुगमन गर्ने भएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, महिला आयोग, थारु आयोग, समावेशी आयोग, मुस्लिम आयोग तथा दलित आयोगका अध्यक्षहरुको बैठकले निर्वाचनको अनुगमनको लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

निर्वाचनको बेला संवैधानिक आयोगहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नागरिकको स्वतन्त्रता, मौलिक अधिकार, मानवाधिकार लगायतको विषयहरुमा गम्भीर भएर साझा संयन्त्र बनाई अनुगमन गर्ने निर्णय भएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताउनुभयो ।

अहिलेको निर्वाचनमा मधेशी महिला, मधेशी दलितलगायतको उपस्थिति न्यून भएकोले गर्दा समानुपातिक समावेशितामाथि नै प्रश्न उठेको उहाँले बताउनुभयो । बैठकले समानुपातिक समावेशितालाई राजनीतिक दलहरुले गम्भीर रुपमा नलिएको निष्कर्ष निकाल्दै चिन्ता व्यक्त गरेको छ ।