logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाद्वारा उद्धार


अंकुरण खबर
1.235K
Shares

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाका विभिन्न स्थानहरूमा बाढी र पहिरो गई जनजीवन प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज तथा उद्धार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ ।

जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाहरूका अति विकट स्थानहरू राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरी लगायतका स्थानहरूमा पहिरोका कारण फसेका ११ जनाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको हो ।