logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको कोषबाटै तिरिने बालुवाटारमा बसेको सत्ता गठबन्धन र पार्टी बैठकको खर्च


अंकुरण खबर
1.482K
Shares

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक र कांग्रेस बैठकको खर्च कांग्रेसको कोषबाटै तिरिने भएको छ।

शुक्रबार पार्टी कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन बैठकमा महामन्त्री गगन थापाले यस्तो प्रस्ताव गरेका थिए।

उनको प्रस्तावमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले सहमति जनाएका हुन्।

‘पार्टी र गठबन्धनको खर्च जुन छ, त्यो राज्य कोषबाट भरपाई नगरौं, राज्य कोषलाई भार नथपौं भन्ने प्रस्ताव गरेको थिएँ, त्यो कांग्रेसकै कोषबाट गर्नुपर्छ भन्ने प्रस्ताव थियो’, उनले भने,‘प्रधानमन्त्रीले हुन्छ भन्नुभयो।’