logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भागबण्डामा एमालेका एक सय ६३ सीट गए, दुई सीट विकेनन्


अंकुरण खबर
1.001K
Shares

आगामी मंसिर ४ गतेका लागि तयभएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै दलले सीटको भागबण्डा गरिसकेका छन् । सत्ता पक्ष र विपक्ष आफ्नै ढंगले गठबन्धन बनाएर चुनवामा होमिएका बेला एमालेसंग भने दुई सीट बाँकी रहेको छन् ।

बाँकी रहेको भन्दा पनि भागबण्डामा गइसकेको तर कुरा नमिलेपछि फिर्ता गरिएको डडेल्धुराको एक सीट बाँकी छ भने प्रभु साहलाई दिएको सीट बाँकी छ । प्रभु साहले एमालेले दिएको सीट खल्तीमा राखेर स्वातन्त्रबाट उम्मेदवारी दिएका छन् । उनी एमालेबाट निष्कासनसमेत भइसकेका छन् ।

यीे सीटमा एमाले आफै लड्छ वा अरु कसैलाई फेरी दिन्छ भन्ने अहिलेसम्म टुंगो भएको छैन् । एमालेले ४ मंसिरमा हुने आमनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारको शुत्रबार नै सूची सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार एमालेले एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४१ वटा निर्वाचन क्षेत्र आफुलाई राखेको छ ।

एमालेले केन्द्रीय बाँकी २४ सिटमध्ये १७ सीट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), ३ सीट राप्रपा, एक सीट कांग्रेसको विद्रोही समूह, एक सीट कांग्रेसको बीपी समूह, र एक सीटमा पश्चिम नवलपरासीमा हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ ।

रौतहटमा आधिकारिक उम्मेदवार प्रभु साहले नै स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि सिट रिक्त छ । त्यस्तै, प्रदेशमा तीन सय ३० मध्ये ४२ सिट जसपालाई छाडेको एमालेले राप्रपालाई चार सिट छाडेको छ । एमालेको समर्थनमा राप्रपाले प्रदेशमा चार सिटमा चुनाव लड्दै छ ।