logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगामी निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मत खस्छः प्रमुख निर्वाचन आयुक्त


अंकुरण खबर
767
Shares

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनमा ७० प्रतिशत मत खस्ने आनुमान आफुले गरेको बताएका छन् ।

टेलिभिजन पत्रकारहरुलाई निर्वाचनका सम्बन्धमा गरिने रिपोर्टिङका बारेमा अभिमुखिकरण गर्न आयोजित कार्यक्रममा उनले ७० प्रतिशतभन्दा बढी मत खस्ने दावी गरेका हुन् ।

प्रमुख आयुक्त थपलियाले कुल मतदमाता मध्ये १ करोड ३२ लाख मत सहज रुपमा खस्ने बताए । उनले यस पटकको निर्वाचनमा बदर मतको संख्या अत्यान्तै न्यून हुने दावी गरे । के कारणले गर्दा मत बदर घट्छ भन्ने कुरा नखुलाएका थपलियाले चुनाव विरोधी कोही नभएकाले निर्वाह रुपमा मतदाताले मताधिकार प्रयोग गर्ने बताए ।