logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आचारसंहिता अनुगमन संयन्त्र सक्रिय


अंकुरण खबर
650
Shares

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भए वा नभएको निगरानी बढाउन अनुगमन संयन्त्रलाई सक्रिय तुल्याएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने विभिन्न पक्षलाई निर्देशन दिँदै अनुगमन संयन्त्रले काम थालिसकेको बताउनुभयो ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेसँगै उम्मेदवार र राजनीतिक दलहरू निर्वाचनमा जुटेका छन् । त्यससँगै आचारसंहिता उल्लंघन भएको उजुरी पनि आयोगमा आउन थालेपछि आयोगले संयन्त्रलाई तयारी अवस्थामा राखेको थियो । प्रवक्ता पौडेलका अनुसार केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा गठित केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समितिले विभिन्न उजुरीको आधारमा सूक्ष्म निगरानी बढाएको छ ।