logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शताब्दी पुरुष जाेशीकाे निधन


अंकुरण खबर
598
Shares

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।

आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

जोशीको निधनबारे उनी निकट पत्रकार गिरीश गिरिले ट्विट गर्दै पुष्टि गरेका छन्। सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो ।

२४ दिन अघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको थियो।