शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । आइतबार बिहान किस्ट अस्पताल ललितपुरमा उपचारको क्रममा जोशीको निधन भएको हो । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।