logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गच्छदारसहित आठ उम्मेदवारविरुद्धको रिट खारेज


अंकुरण खबर
1.638K
Shares

सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित आठ जनाको उम्मेदवारी बदर गर्न माग गर्दै परेको रिट खारेज गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेजको आदेश दिएको हो। यससँगै आठै जनाको उम्मेदवारी यथावत् रहने भएको छ।

अधिवक्ता अनिल आचार्यले गच्छदारसहित आठ नेताको उम्मेदवारी खारेजको माग गर्दै असोज २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उनले गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ, टेकबहादुर गुरुङ र लक्ष्मी महतो को उम्मेदवारी खारेजका लागि आदेश माग गरेका थिए।

उनीहरूविरुद्ध मुद्दा विचाराधीन रहेको तथा विभिन्न आरोप लागेको जिकिर गरिएको थियो। यसैले उनीहरूलाई चुनाव लड्न दिन नहुने आचार्यको माग थियो।