भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ ।
आइतबार आईओसीले नेपाल आयल निगमलाई सबै खालको पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै नयाँ मूल्यसूची पठाएको हो ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेलमा १५ रुपैयाँ ६० पैसा र हवाई इन्धनमा १० रुपैयाँ २५ पैसा वृद्धि भएको छ ।
मूल्य बढेपनि पेट्रोल र हवाई इन्धनमा निगम नाफामा छ । तर, नेपाल आयल निमगलाई डिजेलमा भने प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा घाटा हुने भएको भएको छ ।