logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेनको राजधानी किएभमा रुसको खतरनाक आक्रमण


अंकुरण खबर
1.196K
Shares

युक्रेनको राजधानी किएभमा रुसले सोमवार बिहान कामिकाजे ड्रोनहरूबाट आक्रमण गरेको त्यहाँका एक अधिकारीले बताएका छन् ।

किएभको केन्द्रीय भागमा रहेको शेव्चेनकिव्स्की क्षेत्रमा कैयौं विस्फोटका आवाजहरू सुनिएको युक्रेनका राष्ट्रपतिका मुख्यसचिव एन्ड्री येर्माकले जानकारी दिए ।

क्राइमियालाई रुसको मुख्यभूमिसँग जोड्नका लागि बनाइएको कर्च पुलमा युक्रेनीहरूले बम आक्रमण गरेपछि रुसले प्रतिकारका युक्रेनका विभिन्न शहरहरूमा व्यापक क्षेप्यास्त्र आक्रमण गरिरहेको छ ।