ब्राजिलको एक अदालतले आइफोन खरिदकर्तालाई मोबाइलसँगै चार्जर उपलब्ध नगराएको भन्दै एप्पल कम्पनीमाथि १० करोड ब्राजिलियन रियल अर्थात् करिब साढे दुई अर्ब रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
ग्राहकलाई आइफोनसँगै बक्समा चार्जर नदिनु एप्पलका लागि महंगो सावित भएको छ ।
साथै अदालतले आइफोनसँगै बक्समा ग्राहकलाई चार्जर पनि उपलब्ध गराउन एप्पललाई आदेश दिएको छ । साओपाउलो स्टेट कोर्टले एप्पल विरुद्ध उक्त फैसला सुनाएको हो ।