logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिंहदरबारको अधिकार गाउँमा पुर्‍याउन वर्तमान गठबन्धनले काम गर्छ : प्रकाशमान सिंह


अंकुरण खबर
1.287K
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा कम्युनिस्टको किल्ला आफूले भत्काएको दाबी गरेका छन् ।

काठमाडौं १ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका सिंहले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै भनेका छन्, ‘२०४८ देखि संविधान कम्युनिस्ट दल विजयी भएका थिए । २०६४ देखि कांग्रेसले विजयी हासिल गर्नु सुरु गरेकोे हो ।’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सिंहदरबारको अधिकार गाउँमा’ पुर्याउने स्लोगनका आधारमा वर्तमान गठबन्धनले काम गर्ने दाबी गरेका छन्। सोमबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सिंहले सो कुरा बताएका हुन्।