logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अग्रता बढाउदै आर्मी


अंकुरण खबर
1.118K
Shares

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउदै लगेको छ ।

हालसम्म ४ सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदक सहित कुल १२८ पदक हात पारिसकेको छ। दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्यपदक सहित ६५ पदक जितेको छ।

अर्को विभागीय टिम एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ काँस्य पदक सहित कुल ७४ पदक हात परेको छ । यसैगरी बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्य सहित कुल ५९ पदक जित्दा गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य पदक सहित ३८ पदक आफ्नो पोल्टामा पारेको छ ।

प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् ।