नेपाल समाजवादी पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज यूके गठन भएको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जसपाबाट बाहिरिएर उक्त पार्टी बनाएपछि समाज पुनर्गठन गरिएको नवनियुक्त अध्यक्ष सुमित्रा लाबुङ राईले बताइन् ।
‘हामीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको विचार र सिद्धान्तमा यो पार्टी अब्बल भएको मनन् गरेका छौं’, अध्यक्ष लाबुङ राईले पहिलो बैठकको निष्कर्ष सुनाइन् ।
उनका अनुसार यसको नयाँ कार्यसमिति ५१ सदस्यीय छ । जसका पदाधिकारीमा उपाध्यक्ष कृष्ण गैरे, कुमार घले, थम विश्वकर्मा, हेम गुरुङ, होमकुमारी गुरुङ, महासचिव सुरोज मास्के, कोषाध्यक्ष धनकाजी गुरुङ चयन भएका छन् । साथै नौ जना सल्लाहकार चयन गरिएको अध्यक्ष लाबुङ राईले सुनाइन् ।