logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जना पक्राउ


अंकुरण खबर
1.17K
Shares

प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरीका मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो।

मण्डल, वीरगञ्ज–११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन्।

यसैगरि पोखरिया नगरपालिका–६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका–२ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।

उनीहरुको साथबाट ६ थान मोटरसाइकल बरामद गरिएको उनले बताए। पक्राउ परेकाहरुलाई चोरीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको गिरीले बताए।