logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजु गुरुङको मुद्दाको सुनुवाइ आज, उम्मेदवारी सदर कि बदर?


अंकुरण खबर
1.69K
Shares

रुपन्देही(२ बाट नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको मुद्दामा आज सुनुवाइ हुने भएको छ।

उम्मेदवारी रद्दविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्ने(नगर्नेबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको हो। असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै त्यसका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएको छ।

आज यो मुद्दाको सुनुवाई दुई न्यायाधीशको इजलासमा हुने सर्वोच्च प्रशासनले जनाएको छ। उक्त इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे गुरुङ रुपन्देही(२ मा उम्मेदवार हुने पाउने छन्। नत्र निर्वाचन अधिकृतकको कार्यालयले खारेज गरेको उनको उम्मेदवारी सदर हुने छ।

उम्मेदवारी खारेज गर्ने निर्णयका सक्कल फाइलसहित उपस्थित हुन निर्वाचन आयोगलाई आदेश दिएको छ। निर्वाचन आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो।

उक्त मुद्दा उच्च अदालतमा विचाराधिन रहेको छ। गुरुङ सत्ता गठबन्धनका उम्मेदवार हुन्। आयोगले उम्मेदवारी खारेजी गरेपछि गुरुङले सर्वोच्चमा मुद्दा हालेका थिए। रुपन्देही(२ बाट नेकपा एमालेका विष्णु पौडेल चुनाव लड्दैछन्।