logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुन प्रतितोला २०० रुपैयाँले घट्यो, कति पुग्यो ?


अंकुरण खबर
1.313K
Shares

बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।
यसअघि छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ४०० रुपैयाँ रहेको थियो भने आज घटेर ९३ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यस्तै, यसअघि प्रतितोला ९२ हजार ९०० रुपैयाँ रहेको तेजावी सुनलाई आज ९२ हजार ७०० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ पनि घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।