logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

१४९ वटा जातहरूलाई मधेसीको रूपमा परिभाषित गर्न मधेसी आयोगद्वारा राष्ट्रपतिसमक्ष सिफारिस


अंकुरण खबर
1.04K
Shares

मधेसी आयोगले १४९ वटा जात र मुस्लिम-थारुलाई मधेसीको रूपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

राष्ट्रपति कार्यालयमा पेस गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २२०० भन्दा बढी थरहरूलाई मधेसीको रूपमा पारिभाषित गर्न सिफारिस गरिएको हाे।

आयोगले आफ्नो प्रतिवेदनमार्फत् चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, मधेसी समुदायको आस्थाको केन्द्र रहेको हिन्दु संस्कृति माथि हुने अतिक्रमण रोक्नुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेस प्रदेशका आठ जिल्लाहरूलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने लगायत सिफारिसहरू गरेको एक विज्ञाप्तिमार्फत् आयोगले जानकारी गराएको छ।

जनकपुरको जानकी मन्दिर, सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्न आयोगले सिफारिस गरेको छ।