logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

निर्वाचनको मिति नजिकिएसँगै जिल्ला जिल्लामा निर्वाचन आयोग


अंकुरण खबर
1.118K
Shares

मंसिर ४ को निर्वाचनलाई मर्यादित बनाउनका लागि निर्वाचन आयोग नेपालले विभिन्न जिल्लामा पुगेर निगरानी साथै छलफललाई तीव्रता दिएको छ ।

आयोगले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सुरक्षा, मतदाता शिक्षा, आचारसंहिता लगायतका विषयमा छलफललाई तिव्रता दिएको हो ।

सो क्रममा निर्वाचन आयोगको टोली बाँके जिल्लामा पुगेर निर्वाचनको सुरक्षा, मतदाता शिक्षा, आचारसंहिता लगायतका विषयमा छलफल गरेको हो ।

बुधबार निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले बाँकेका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको निर्वाचन आयोगले जनाएको छ