logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२८ लाख घुससहित खानेपानी डिभिजन रामेछापका कर्मचारी पक्राउ


अंकुरण खबर
1.105K
Shares

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन्।

१६ लाख नगद र १२ लाखको चेकसहित उनीहरू नगरपालिकाको कार्यालयसँगै जोडिएको इन्जिनियरको क्वार्टरबाट पक्राउ परेका अख्तियारले जनाएको छ। उनीहरूलाई अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।

इन्छिन गाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत उनीहरूले उक्त रकम घुस लिएको अख्तियारले जनाएको छ।