logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँच वर्षभित्र गरिबी हटाउने जसपाको प्रतिबद्धता !


अंकुरण खबर
3.003K
Shares

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले देशको गरिबीलाई पाँच वर्षभित्रमुक्त गर्ने प्रतिवद्धता जनाएको छ ।

मंसिर ४ गते हुने चुनावका लागि तयार पारेको चुनावी प्रतिवद्धतामा जसपाले पाँच वर्षभित्र निरपेक्ष गरिबीको रेखामुनी रहेका जनतालाई गरीबीबाट मुक्त गर्ने र बहुआयामिक गरिबीको अनुपातलाई एक अंकमै सिमित गर्ने प्रतिवद्धता जनाएको हो ।

सार्वजनिक भइनसकेको जसपाको प्रतिवद्धतापत्रमा भनिएको छ, ‘कृषिको वैज्ञानिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्ने र कृषि फार्महरुको विकास गरी दुई वर्षभित्र खाद्य पदार्थहरुमा आत्मनिर्भर हुने ।

’ भूउपयोग नीति लागू गर्दै कृषिका लागि जमिनको उपलब्धता निश्चित गर्दै किसानको हितमा भूमि सुधार लागु गर्ने जसपाले प्रतिवद्धता जनाएको छ ।