logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा


अंकुरण खबर
533
Shares

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत १० कात्तिक बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार यमद्वितीय भाइटीका (किजापूजा)को उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ।

५ कात्तिक शनिबार यमदीपदान, धन्तेरस, ६ कात्तिक आइतबार काग तिहार र धन्वन्तरी जयन्ती, ७ कात्तिक कुकुर तिहार र लक्ष्मी पूजा, ८ कात्तिक गाईपूजा, ९ कात्तिकमा गोवर्द्धन पूजा, बलीपूजा, हलितिहार, म्हपूजा, गोरूपूजा र नेपाल सम्वत् ११४३ प्रारम्भ हुने समितिले जनाएको छ।