logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१० औँ राष्ट्रिय खेलकुद दुई वर्षपछि कर्णालीमा


अंकुरण खबर
1.417K
Shares

नवाैँ राष्ट्रिय खेलकुदको औपचारिक समापनसँगै बिहीबार कर्णाली प्रदेशलाई १० औँ राष्ट्रिय खेलकुदका लागि झन्डा हस्तान्तरण गरिँदैछ।

बुधबार राति बसेको राष्ट्रिय खेलकुद परिषद(राखेप) को बोर्ड बैठकले कर्णालीमा २०८१ को राष्ट्रिय खेल गर्नका लागि स्वीकृत दिए पनि प्रतियोगिताको मितिको टुंगो बिहीबार बिहान लाग्ने कर्णाली प्रदेशका सदस्यसचिव विश्वमित्र सञ्जेलले जानकारी दिए

उनले मंसिर पहिलो साताका लागि मिति प्रस्ताव गरिएको र सोही समयका लागि नै मिति तय हुने बताए।

‘केही साथीहरूले वैशाखका लागि पनि भन्नु भएको छ। वैशाखमा दुई वर्ष नपुग्ने र रंगशाला पनि कम्प्लिट नहुने भएकाले मंसिर उपयुक्त हो। त्यही अनुसार बिहीबार बिहान निर्णय हुने छ’, उनले भने।

साथै कर्णालीले लोगोमा रारा र मस्कटमा याकलाई राख्ने प्रस्ताव भएको सञ्जेलले जानकारी दिए।

उनले भने, ‘हामीले मंसिर पहिलो साताका लागि प्रस्ताव गरेका छौँ। बिहीबार विहान फाइनल हुन्छ।’

११ औँ राष्ट्रिय खेलकुदका लागि भने मधेस प्रदेश र कर्णालीले लिखित दावी गरेको र त्यसको निर्णय भने खेलपछि बस्ने समीक्षा बैठकमा गरिने सञ्जेलले जानकारी दिए।